२०८२ असार ७ गते आइतवार

नेपालमा सुरु भयो मनसुन, यसपाली औसतभन्दा बढी वर्षा हुने

दाङ, जेठ २८। नेपालमा शुक्रबार मनसुनी वायु प्रवेश गरेको छ। पूर्वी नेपाल हुँदै मनसुन शुक्रबार नेपाल पसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, २ र वागमतीमा मनसुन फैलिइसकेको छ भने एक-दुई दिनमै देशभरि फैलिने महाशाखाले जनाएको छ ।

यसपालिको मनसुन औसतभन्दा २ दिनअघि नै नेपाल आएको हो। पछिल्लो समय नेपालमा मनसुन आउने मिति जुन १३ तय भएको छ।

‘आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।

जुन ३ मा भारतको केरला आइपुगेको मनसुन नेपाल आइपुग्न १० दिनजति लाग्ने अनुमान गरिएको थियो। तर उत्तरपूर्वी भारतमा नै चार-पाँच दिन पहिलानै मनसुन आइपुगेकाले नेपालमा पनि अलि छिटो नेपाल पुगेको हो।

जल तथा मौसम विभागको हावापानी विज्ञान महाशाखाले यसपालिको नेपालमा औसतभन्दा बढी वर्षा हुने बताएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *