दाङ, जेठ २८ । पछिल्लो २४ घण्टामा थप ३,७५० जानमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल १५ हजार १८२ जनाको नमुना पिसिआर र एन्टिजेन परीक्षण भएको थियो।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोनाबाट मुक्त भएका छन्। यो सहित देशभर कोरोनाबाट हालसम्म ५ लाख २० हजार ८१६ जना निको भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या ८ हजार ३०५ रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार