२०८३ असार १ गते सोमवार

युएसएआइडी तयार नेपालले अस्पताललाई स्वएंम सेवकसहित स्वास्थ्य समाग्री प्रदान ग¥यो


तुलसीपुर, जेठ १२ । युएसएआइडी तयार नेपालको आर्थिक सहयोग र तुलसीपुर उद्योग बाणिज्य संघको समन्वयमा अस्पतलाई स्वास्थ्य समाग्री प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाद्धारा अश्वारमा सञ्चालित मेट्रो हस्पिटलको आइसोलेनसका लागि बुधबार बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सर्जिकल मास्क ३ सय ६० प्याकेट, थर्मल गन १५ वटा, सर्जिकल ग्लोब १० प्याकेट, स्यानीटाईजर २० लिटर प्रदान गरिएको तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब बिनिल केसीले जानकारी दिए ।

त्यस्तै आइसोलेसन बेड २० सेट, पिपिई ५० सेट प्रदान गरिएको केसीले बताए । त्यसका साथै अस्पतालको सहयोगका लागि ६ जना स्वएंम सेवक एक महिना दिनका लागि पठाइएको महासचिव केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *