२०८३ भाद्र ११ गते बिहिवार

३ संगठनको माग – पत्रकार खनाललाई ज्यानको धम्कि दिनेलाई कारबाही गर

तुलसीपुर, जेठ ८ । लमहीका पत्रकार शिवराज खनालाई ज्यानमार्ने धम्किदिएको घटना सार्वजनिक भएपछि जिल्लामा क्रियासिल तीन पत्रकार संगठनहरुले संयुक्त रुपमा घटनाको बिरोध जनाउँदै दोषी माथि कारबाहीको माग गरेका छन् ।

नेपाल प्रेस यूनियन दाङका कार्यबहाक अध्यक्ष नारायण खड्का, प्रेस संगठनका जिल्ला संयोजक प्रकाश चौधरी र प्रेस चौतारी नेपाल दाङका अध्यक्ष जेएन सागरले संयुक्त बिज्ञप्ती मार्फत समाचार लेखेकै भरमा ज्यानमार्ने धम्कि दिने लमहीको दर्शन एग्रोभेटका संचालक शिवराज न्यौपानेलाई आवश्यक कानुनी कारबाहीको माग गरेका छन् ।

नेपाल प्रेस युनियनका जिल्ला सहसचिव तथा नेपाल पत्रकार महासंघका जिल्ला कार्य समिति सदस्य खनाललाई समाचार लेखेकै कारण शनिबार बिहान लमही नगरपालिकाको पशु उपशाखा प्रमुख समेत रहेका न्यौंपानेले एकाएक गाली गलौज गर्दै ज्यानमार्ने धम्कि दिएका थिए ।

रेडियो देउखुरीका स्टेसन म्यानेजर समेत रहेका पत्रकार खनाललाई कार्यालय तर्फ जाँदै गर्दा एग्रोभेट सञ्चालक न्यौंपानेले पत्रकारको लाइसेन्स देखा भन्दै गाली गलौज गर्दै ज्यान मार्ने धम्कि दिएका थिए ।केही दिन अघि मात्रै पत्रकार खनालले एग्रोभेट सञ्चालकले किसानलाई हाइब्रेड धान भन्दै झुक्याएर सरकारद्धारा प्रतिबन्धित गोरखनाथ धानको बीउ बेचिरहेको समाचार लेखेका थिए ।

त्यही समाचारका कारण न्यौंपानेले पत्रकार खनाललाई ज्यान मार्ने धम्कि दिएका थिए ।प्रकासित समाचारमा चित्त नबुझे खण्डन गर्ने वा अन्य माध्यम हुँदा हुँदै पत्रकारलाई सार्वजनिक रुपमै ज्यान मार्ने धम्कि दिनुले स्वतन्त्र प्रेस माथिको आक्रमण भएको ठहर तीन संगठनले गरेका छन् ।
भबिस्यमा यस्ता कार्य नदोह¥याउन र दोषीलाई कारबाहीको माग गर्न पत्रकारका तीन संगठनले संयुक्त रुपमा माग गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *