२०८१ बैशाख १२ गते बुधवार

बस पल्टिदा १६ यात्रु घाइते

दाङ, पुस ६ ।
दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ८ सतवरिया नजिकै शुक्रवार दिउँसो पौने २ बजेतिर ना ७ ख ९४०८ नम्वरको बस दुर्घटना हुँदा ती यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

यो खवर तयार पार्दै गर्दा घाईते सबैको उद्धार गरी लमही अस्पतालमा उपचारका लागि लगिएको र सबैको अवस्था खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ । बस नेपालगञ्ज बाट दाङको घोराही तर्फ आउँदै थियो । प्रहरीका अनुसार तीव्र गतिका कारण अनियन्त्रित हुँदा बस दुर्घटना परेको हो । बसका चालक र सहचालक फरार रहेको हुँदा उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *