दाङ, जेठ ७ । बाँकेमा थप १५ जना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य बाँके जिल्लाका आठ जना, सल्यान र कैलालीका दूई÷दूई जना, प्यूठान, दाङ र बर्दियाका एक ÷ एक जना रहेका छन् । बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म १५ जनाको मृत्यु भएको बाँके जिल्ला फोलक पर्सन तेज वलीले जाकारी दिएका छन् ।
बाँके बैजनाथ ४ की ३८ बर्षीया महिलाको भेरी अस्पतालमा शुक्रबार बिहान साढे ७ बजे, बैजनाथ ६ का २५ बर्षीय पुरुषको ६ ः ४० बजे मेडिकल कलेज कोहलपुरमा, राप्ती सोनारी ८ की ५५ बर्षीया महिलाको बिहान ४ ः ४५ बजे, खजुरा ३ का ६७ बर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार राति २३ ः ५५ बजे, राप्ती सोनारी ३ का ३३ बर्षीय पुरुषको राति साढे ११ बजे कोहलपुरमा, खजुरा ७ का ४८ बर्षीय पुरुषको राति १० ः ५० बजे भेरी अस्पतालमा र नेपालगञ्ज १० का ७१ बर्षीय पुरुषको बिहीबार दिउँसो ३ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । त्यस्तै सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ४ का ४० बर्षीय पुरुषको शुक्रबार बिहान ४ बजे भेरी अस्पतालमा र कालिमाटी गाउँपालिका २ का ३४ बर्षीय पुरुषको बेलुका साढे ६ बजे, दाङको घोराही उपमहानगरपालिका वडा नं. ५ की ३५ बर्षीया महिलाको बेलुका ५ बजे कोहलपुरमा र प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ५ का ४० बर्षीय पुरुषेको दिउँसो ३ बजे कोहलपुरमा मृत्यु भएको छ ।
त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका ३ का ६७ बर्षीय पुरुषको राति ११ बजे भेरी अस्पतालमा र कैलालीको घोडाघोडी नगरपालिका १० की ४० बर्षीय महिलाको कोहलपुरमा राति ९ ः ४० बजे, बर्दियाको गुलरिया नगरपालिका ६ की ५५ बर्षीया महिलाको राति साढे दश १० बजे कोहलपुरमा मृत्यु भएको छ ।
उनीहरुको मृत्यु भेरी अस्पताल नेपालगञ्ज र मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा भएको थियो ।यो संगै बाँकेमा हालसम्म कुल ४८९ जना संक्रमितको मृत्यु भएको छ । जसमा बाँके जिल्लाका २६७ जना र बाहिरी जिल्लाबाट उपचारका लागि त्यहाँ लगिएका थप २२२ जना रहेको फोकल पर्सन वलीले बताएका छन् ।
