२०८३ भाद्र १० गते बुधवार

थपिए ८,१७३ जना कोरोना संक्रमित, ७,९८९ जना निको भए

काठमाडौं, जेठ ५। पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ६४ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै १०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार ७ हजार ९ सय ८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।

त्यस्तै यस अवधिमा २४६ जनाको मृत्यु पुष्टि भएको उनले बताए। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *