२०८१ चैत्र ३ गते आइतवार

सामुदायिक वन र ग्रिन फाउन्डेसनले दिए १० वटा कन्सट्रेटर सहयोग

तुलसीपुर,  जेठ ५ । सामुदायिक वन उपभोक्ता महासंघ र ग्रिन फाउण्डेसन नेपालले  तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन दशवटा कन्सट्रेटर सहयोग गरेको छ । 

अक्सिजनको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि कन्सट्रेटर सहयोग गरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिए । 

काठमान्डौबाट दाङको तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारामा रहेको तुलसीपुर मेट्रो अस्पतालमा पुगेर वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काले तुलसीपुरका नगर प्रमुख घनश्याम पाण्डेलाई ती सामाग्री हस्तान्तरण गरेका हुन । 

 कोरोना महामारीको समयमा अक्सिजनको अभावमा कुनैपनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्य राखेर कन्सट्रेटर उपलब्ध गराएको उपाध्यक्ष खड्काले बताए ।

उद्देश्यका अनुरुप ती उपकरण उपयोगमा ल्याउन उनले अस्पताल प्रशासनलाई  आग्रह गरे । 

मेट्रो अस्पतालमा हाल २१ जनासंक्रमितको उपचार भइरहेको छ । 

कन्सटे«टर सहयोग गरेकोमा सामुदायिक वनका उपाध्यक्ष खड्कालाई  नगर प्रमुख पाण्डेले धन्यवाद दिएका थिए ।  ती कन्सटे«टरले प्रति मिनेट ४ लिटरसम्म अक्सिजन उत्पादन गर्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *