दाङ, जेठ ५ । बुधबार बिहानै लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । लमजुङको भुलभुले केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश भएको थियो ।
भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए ।भूकम्प धक्का पछि सर्वसाधारण मानिस घरबाहिर निस्केका थिए ।
प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार