२०८० चैत्र ६ गते मङ्गलवार

नेपालमा कोभिडको नयाँ भेरियन्ट पत्ता लाग्यो

दाङ, जेठ ४ । नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्तो जानकारी दिएको हो । देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुना परीक्षणका क्रममा त्यस्तो तथ्य पत्ता लागेको हो ।

ती नमुना परीक्षणका लागि नेपालले विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन पठाएको थियो ।मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत मध्य नयाँ भेरेन्ट फेला परेको उल्लेख छ ।पठाएका नमुना मध्य ३४ वटामा बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट फेला परेको जानकारी दिइएको छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा फेला परेको नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनेर घोषणा गरेको छ । नेपालमा पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहका मानिसहरुका लागि धेरै संक्रामक र जोखिमपूर्ण रहेको उल्लेख छ ।

परिवर्तित भाइरससहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *