तुलसीपुर, जेठ ३ । दलित महिला संघ दाङले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई एक लाख आर्थिक सहयोग गरेको छ । भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत मेट्रो अस्पतालमा संचालनमा आएको आइसोलेसन व्यवस्थापन र अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराले जानकारी दिइन ।
।
कोरोना महामारीका कारण अक्सिजन अभावमा नागरिकले अकालमा ज्याउन गुमाउनु नपरोस भनेर त्यसको रोकथाम र नियन्त्रणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष कराराले बताइन ।
यसैबिच कोरोना महामारी रोकथाम तथा नियन्त्रणकालागि तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा पुगेर तुलसीपुर उपमहानगरपालिका–६ शिखरकोलनी निबासी दोर्ण बहादुर केसी, मञ्जीता कोसीले पाँच हजार पाँच रुपैयाँ सहयोग प्रदान गरेका छन् । नेपाल टेलिकम तुलसीपुरका कर्मचारी लक्ष्मी नारायण अर्जेलले पनि तुलसीपुर कोरोना अस्पताललाई ५ हजार सहयोग गरेकी छन् ।
रेडक्रसले पनि दियो सहयोग
नेपाल रेडक्रस दाङले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ । भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत मेट्रो अस्पतालमा संचालनमा आएको आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीका लागि ३ वटा वाटर डिस्पेन्सर, एक हजार लिटरको टंकी, पानी तातो गराउन प्रयोग गरिने ३० वटा किट्ली, ५ वटा टेबुल पंखा, ५० वटा पानी पिउने गिलास प्राप्त भएको छ ।
रेडक्रसका कार्यक्रम अधिकृत विश्राम अधिकारीले एक कार्यक्रमका बीच तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेलेलाई ती सामाग्री हस्तान्तरण गरेका छन् । यसअघि पनि यूनिसेफको साझेदारीमा रेडक्रसले विभिन्न सामग्री सहयोग गरेको थियो ।