काठमाडौं, जेठ ३। नेपालमा पछिल्लो २४ घन्टामा थप ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजार ६ सय ५३ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार १ सय ९८ मा पोजेटिभ देखिएको र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजेटिभ देखिएको थियो।
गत २४ घण्टाको अवधिमा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको संख्या ५२१५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५७६७ जना डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ कोरोनामुक्त भएका छन्।
प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
