२०८१ चैत्र ९ गते शनिवार

नेपालमा चक्रवातको प्रभाव शुक्रबारसम्म, मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, जेठ ३ । अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालमा दखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबार सम्म पर्ने बिभागले जनाएको छ ।

आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ । यसको प्रभावले मेघ गर्जनसहित पानी पर्ने, हुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्सिबाट जब चक्रवातको सिस्टम हाम्रोमा रहेको पश्चिमी वायुसँग मर्ज हुन्छ तब अझै बढी प्रभाव पर्छ ।

बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ । यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *