
तुलसीपुर ,जेठ २ । तुलसीपुरमा अक्सिजन प्लान्ट स्थापना गर्न तुलसीपुर उद्योग बाणिज्य संघले आफुले संकलन गरेको झण्डै पौने तीन लाख नगद सहयोग हस्तान्तरण गरेको छ ।
तुलसीपुर उद्योग बाणिज्य सघंका महासचिब बिनिल केसीले आइतबार तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई दूूई लाख ७८ हजार ७ सय ९७ रुपैंया नगद हस्तान्तरण गरेका हुन ।
उपमहानगरपालिकाले स्थापना गर्न लागेको कोभिड बिपद कोषका सहजकर्ता बिमल रिजालको पहलमा उक्त रकम सकंलन भएको हो ।
कोषमा तुलसीपुर बाणिज्य सघंले १ लाख ५१ हजार,रोटरी क्लब अफ तुलसीपुर सिटीले ६२ हजार ३ सय, रोट्रयाक्ट क्लब अफ तुलसीपुरले ६५ हजार ३ सय ६०, लायन्स क्लब अफ दाङले ५१ हजार, तुलसीपुर ट्रयाक्टर समितिले २५ हजार सहयोग प्राप्त भएको तुलसीपुर बाणिज्य सघंका कोषाध्यक्ष देबबहादुर केसीले जानकारी दिए ।
त्यस्तै टोपबहादुर डाँगीले नगद ५० हजार र तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहले थप ११ हजार रुपैंया सहयोग प्रदान गरेका थिए ।उक्त रकम अक्सिजन प्लान्ट स्थापना र कोरोना मेट्रोहस्पिटलको ब्यबस्थापनका लागि खर्च गरिने मेयर पाण्डेले बताएका छन् ।
