२०८३ असार १ गते सोमवार

सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि पर्ने

जेठ २। अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यो आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ ।

यस्तै ‘तौ ते’ नाम गरेको यो सामुद्रिक आँधीसँगै पश्चिमी वायु र न्यून चापीय प्रणालीको पनि प्रभाव पर्ने सम्भावना रहेकाले भोलि बेलुकापछि भने देशका धेरै ठाउँको मौसम बदली हुने सम्भावना रहेको छ ।

आज र भोलिको मौसम सामान्यतया सफा नै रहे पनि त्यसपछिका एक/दुई दिन धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्नेछ । यो आँधीको प्रभाव र अवस्था हेरेर सूचना सार्वजनिक गर्ने मौसमविद्को तयारी छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *