२०८१ बैशाख ८ गते शनिवार

लुम्बिनी प्रदेशका सबै जिल्लामा निषेधाज्ञा जारी

दाङ, जेठ २।कोरोना भाइरसको संक्रमण तिब्र बनेको लुम्बिनी प्रदेशका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। 

पछिल्लो पटक रुकुम पूर्वमा पनि निषेधाज्ञा जारी भएपछि लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामा नै निषेधाज्ञा लागू भएको हो ।

रुकुम पूर्वमा बैशाख २९ गतेदेखि जेठ ५ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । दोस्रो चराणको कोरोना संक्रमण फैलदै गएपछि नेपाल मै पहिलो पटक लुम्बिनी प्रदेको बाँकेमा निषेधाज्ञा लगाइएको थियो । त्यसपछि क्रमश सीमा जोडिएको बर्दिया, दाङ हुँदै देशैभर निषेधाज्ञा लागू भएको छ।

अहिले देशका ७७ जिल्ला मध्ये ७४ जिल्लामा निषेधाज्ञा लागू भएको छ । मनाङ, खोटाङ, र तेह्रथुम गरी ३ जिल्लामा मात्र निषेधाज्ञा लागु भएको छैन्।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *