दाङ,जेठ १ ।नेपाल पत्रकार महासंघ दाङले कोरोना संक्रमित भई युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचाररत साधारण सदस्य तथा रेडियो हापुरेमा कार्यरत पत्रकार लक्षमन बस्नेतको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
बस्नेतलाई नेपाल पत्रकार महासंघ दाङको पत्रकार सहायता कोषबाट रु. १५ हजार रुपैया सहयोग गरेको महासंघका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । पत्रकार वस्नेतको उपचारमा अझै समस्या भएकाले महासंघले सम्पूर्ण सञ्चार, सस्था पत्रकार लगाएत अन्य सहयोगीहरुलाई आर्थिक सहयोग गरिदिन महासंघले आग्रह गरेको सचिव आरके शितलले जानकारी दिए ।
साथै महासघ दाङले सहयोग रकम रेडियो हापुरेका स्टेशन म्यानेजर प्रेम बहादुर राम्जाको नाममा रहेको नेपाल बंगलादेश बैंक लिमिटेड हापुरे शाखाको खाता नम्मर ०६४००२१५२ -। मा जम्मा गरिदिनु हुन अपील गरेको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार