२०८१ जेष्ठ १७ गते बिहिवार

दाङमा शुक्रबार थप १ सय २६ जनामा कोरोना संक्रमण

दाङ, बैशाख ३१। दाङमा शुक्रबार थप १ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा तुलसीपुरका ७७ जना, घोराहीका १९, लमहीका १४, दंगीशरण र बबईका ५र५ जना, राप्तीका ४ र शान्तीनगरका २ जना रहेका छन् ।

यो सँगै बैशाख यता कुल संक्रमितको सख्या ४ हजार ५ सय ४ जना पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

केन्द्रका अनुसार सक्रिय संक्रमितको संख्या २ हजार ७ सय १६ रहेको छ । यसैबीच शुक्रबार ७१ जना निको भएका छन् । यो सँगै बैशाख यता दाङ जिल्लामा डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *