२०८१ बैशाख ७ गते शुक्रवार

प्रधानमन्त्री ओलीले ४ बजे ‘गोदावरी सम्मेलन केन्द्र’को उद्घाटन गर्ने

काठमाडौं,वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नव निर्मित सम्मेलन केन्द्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन्।

ललितपुरको गोदावरीमा निर्माण भएको देशकै ठूलो ‘गोदावरी सनराइज सम्मेलन केन्द्र’को शुक्रबार दिउँसो ४ बजे उद्घाटन गर्ने भएका हुन्।

यस अगाडि शुक्रबार बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम तय भएपनि प्रधानमन्त्री ओलीको सपथ ग्रहण कार्यक्रम २:३० बजे भएकाले सारिएको हो।

३ हजार सिट क्षमताको उक्त सम्मेलन केन्द्र ८१ करोडको लागतमा निर्माण भएको हो।

प्रधानमन्त्री निवास बालुवाटार र उद्घाटन हने गोदावरी सनराईज सम्मेलन केन्द्र, गोदावरी ललितपुरमा सीमित व्यक्तिहरुको उपस्थितिमा जनस्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गरी कार्यक्रम संचालन हुने शहरी विकास मन्त्रालयले जनाएको छ।

विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि कोरोना जोखिमका कारण ढिलाइ भएको थियो।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *