२०८२ जेष्ठ १३ गते आइतवार

एकैदिन तुलसीपुरका ७ र घोराहीका १ गरि ८ संक्रमितको मृत्यु

 

तुलसीपुर, बैशाख ३० । दाङका थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ७ जना र घोराहीका १ जना रहेका छन् । 

७ जनाको  अस्पतालमा र एक जना होम आइशोलेशन मृत्यु भएको छ ।

बिहीबार बेलुका पौने ७ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ की ३४ बर्षीया महिलाको मृत्यु भएको छ । अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीका अनुसार ती महिला बैशाख १८ गतेदेखि अस्पतालमा उपचाररत थिइन । 

त्यसअघि कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुर १९ का ४९ बर्र्षीय महिलाको बिहीबार बिहान १ बजे उपचारको क्रममा मृत्यु भएको थियो । 

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटी अस्पताल अश्वारमा उपचाररत तुलसीपुर ७ का ६२ वर्षीय पुरुष र वडा नंम्वर १२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल  तुलसीपुरमा उपचाररत तुलसीपुर ८ का ३० वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यस्तै बाँकेमा तुलसीपुरका  थप दुई जनाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ ।

तुलसीपुर ५ की ३५ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बिहान साढे ५ बजे मृत्यु भएको थियो ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसा तुलसीपुर ६ का ४३ बर्षीय पुरुषकोपनि उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । 

त्यस्तै होम आईशोलेशनमा बसेका घोराही ९ का ३३ वर्षीय पुरुषको मृत्यु भएको हो । दाङमा  बैशाख महिनामा मात्रै कोरोना संक्रमित  ९७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *