सल्यान, बैशाख ३० । सल्यानको कपुरकोटमा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।बैशाख महिनामा दूई जना महिला र एक पुरुष गरि तीन जनाको मृत्यु भएको छ ।हालसम्म कपुरकोटमा संक्रमितको संख्या १५१ पुगेकोगाउँपालिकाका कोरोना फोकल पर्सन देवेन्द्र कुमार सेनले बताए ।
बैशाख महिनामा मात्रै २२९ जनाको परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये ८० जना होम आइसोलेसन र २ जना अस्पतालमा उपचाररत छन् । त्यस्तै २८ जनाले कोरोना जितेका छन् ।
प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
