२०८० चैत्र १६ गते शुक्रवार

दाङमा बिहीबार थप ३ सय ३४ जना कोरोना संक्रमित थपिए

दाङ, बैशाख ३०।दाङमा बिहीबार थप ३ सय बढी कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र जिल्ला बाहिर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी तुलसीपुरका १ सय ५४ जना रहेका छन् ।त्यस्तै घोराहीका १ सय ४८ जना, लमही र दंगिशरणका ८÷८ जना, शान्तिनगरमा ५ जना रहेका छन् ।

त्यसैगरी बबई गाउँपालिकाका ४, राप्ती गाउँपालिकाका ३, गढवाका २, राजपुर र बंगलाचुलीका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।यो सँगै दाङमा बैशाख यता मात्रै ४ हजार ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ।

बिहीबार ८१ जना कोरोना संक्रमण मुक्त
यस्तै जिल्लामा बिहीबार थप ८१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै बैशाख महिनामा मात्रै जिल्लामा १ हजार ७ सय १२ जना निको निको भएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *