२०८१ जेष्ठ ११ गते शुक्रवार

पछिल्लो २४ घन्टामा ८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु

काठमाडौं, वैशाख ३०। पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्। यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय ७ पुगेका हुन्।

पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालाबाट १९४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा थप ८९६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा २१४ जनाको मृत्यु भएको भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५,०५५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यो सँगै नेपालमा ३१२५१८ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *