तुलसीपुर उपमहानगर कार्यपालिकाको आजको निर्णय:
-प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा ५/५ वटा अक्सिजन सिलिन्डर र २/२ वटा अक्सिजन कन्स्ट्रेटर ।
-तुलसीपुर कोरोना आईसोलेसन हस्पिटलमा कम्तिमा १०० अक्सिजन सिलिन्डर, २५ अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने र PCR कोरोना जाच प्रयोगशाला स्थापना ।
-अक्सिजन प्लान्ट जडान गर्ने ।
-आइसोलेसन हस्पिटल सन्चालनको लागि तत्काल बिजौरी प्रादेशिक आयुर्वेद हस्पिटल, राप्ती औसधालय, राप्ती प्रादेशिक हस्पिटल, अन्य निजि हस्पिटल र उपमहानगरको स्वास्थ्यकर्मी तथा कर्मचारीबाट ब्यबस्थापन गर्ने थप १०२ जनाको अस्थायी दरबन्दी स्वीकृत ।
-स्वास्थ्य सामग्री र औसधिको ब्यबस्थापनलगायत यी सबै काम गर्न ५ करोड को कोभिड बिपत प्रतिकार्य कोष स्थापना गर्ने ।
– संघ तथा प्रदेश सरकारलाई कम्तिमा १० करोड को सहयोग गर्न अनुरोध ।
-एम्बुलेन्स र सब बहान ५ गोटा राजस्व भुक्तानी गरेर पनि लिने ।