२०८१ जेष्ठ ११ गते शुक्रवार

बुटवलमा सेनाले हेलिकोप्टर मार्फत ल्यायो अक्सिजन सिलिण्डर

तस्बिर – बिक्रम खड्का ।

बुटवल, बैशाख २९ । रुपन्देहीमा नेपाली सेनाको हेलिकप्टरबाट अक्सिजन पु¥याएको छ ।अस्पतालमा अक्सिजनको अभावका कारण कोरोनाका बिरामीको मृत्यु हुन थालेपछि बुधबार नेपाली सेनाले हेलिकप्टर मार्फत अक्सिजन सिलिण्डर भैरहवा विमानस्थल लगेर छोडेको हो ।
बाराको सिमरा र चितवनबाट ती सिलिण्डर नेपाली सेनाले ल्याएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिरामीहरूको ज्यान जोखिममा परेपछि हेलिकप्टरबाट सेनाले ४१ थान अक्सिजन सिलिण्डर ल्याएको जानकारी दिए । प्रजिअ तामाङले थप एक सय सिलिण्डर अक्सिजन बिहीबार बिहान ल्याइने जानकारी दिए ।

ती सिलिण्डर भीम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको प्रजिअ तामाङले बताए ।
बिरामीलाई अक्सिजन अभाव भएपछि रुपन्देहीमा बुधबार आधा घण्टा भित्रै ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *