
तस्विर : राजेश खत्री
काठमाडौं, वैशाख २७। नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्।
नेता भीम रावलका अनुसार आजको प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने निर्णय भएको छ।
राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल पक्षका सांसदहरू आज सिंहदरबारमा छलफलमा जुटेका थिए। उक्त बैठकले आज प्रतिनिधि सभामा अनुपस्थित हुने निर्णय गरेको हो।
कति जना सांसद प्रतिनिधि सभा बैठकमा आज अनुपस्थित हुन्छन् भन्नेबारे नेता रावलले खुलाउन चाहेनन्।
प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार