तुलसीपुर, बैशाख २६ । घोराहीका ४१ बर्षीय कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।ती पुरुषको आइतबार दिउँसो साढे १२ बजे तुलसीपुरस्थित कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचारका क्रममा मृत्यु भएको छ ।
अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीका अनुसार ती पुरुष शनिबार मात्रै अस्पताल भर्ना भएका थिए । यसअघि बेलझुण्डी अस्पतालमा बबई गाउँपालिकाकी २७ बर्षीया महिलाको मृत्यु भएको थियो ।
त्यस्तै नेपालगञ्ज मेडिकल कलेज तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ४१ बर्षीय पुरुषको पनि आइबार नै मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
