२०८१ जेष्ठ १५ गते मङ्गलवार

विद्युत अनियमिततालाई हटाउन नेविसघंको ध्यानाकर्षण

तुलसीपुर, वैशाख २६ । नेपाल विद्यार्थी संघ तुलसीपुर नगर समितिले लकडाउनको समयमा दैनिक भइरहेको विद्युत अनियमिततालाई हटाउन माग गरेको छ ।

पछिल्लो समय महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण जिल्लामा लकडाउन हुँदा विद्यालयहरू पूर्ण रुपमा बन्द भएको र विद्यार्थीहरु घरमै बसेर अनलाइन (प्रविधि) को माध्यमबाट अध्ययनलाई अगाडि बढाइरहेका छन ।

तर छिन/ छिनमा विद्युत जाने आउने गर्नाले विद्यार्थीहरूको पढाइमा गम्भीर असर परेको हुँदा उक्त समस्याप्रति नेपाल विद्यार्थी संघ तुलसीपुर नगर समितिले आईतबार एक विज्ञप्ति जारी गर्दै विद्युत प्राधिकरण तुलसीपुरको ध्यानाकर्षण गराएको हो ।

विद्युत प्राधिकरणको लापरबाही बढेपछि विज्ञप्ति जारी गरेर बिद्युत अनियमितता हटाउन ध्यानाकर्षण गराएको नेविसंघ तुलसीपुर नगर समितिका संयोजक राजिव पाण्डेले जानकारी दिए ।

दिनहुँ जाने आउने गर्ने विद्युत जाने गर्दा हजारौं विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ,उनले भने उक्त समस्याको तत्काल समाधान गर्न लागि नेपाल विद्यार्थी संघ तुलसीपुर नगर समिति जोडदार माग गर्दछ ।

उनले विद्यार्थीहरूको पढाइ माथि खेलवाड गरेमा नेपाल विद्यार्थी संघ चुप लागेर नबस्ने भन्दै तुरुन्त यो समस्या सुधार्न आग्रह समेत गरे ।

 

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *