२०८१ बैशाख ८ गते शनिवार

थप ८ हजार ४१८ जनामा संक्रमण पुष्टि

काठमाडौं, वैशाख २५ । पछिल्लो २४ घन्टामा ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ भने कुल संक्रमित ३ लाख ८५ हजार ८९० जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६३२ पुगेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *