२०८२ बैशाख ११ गते बुधवार

कोरोनाले ३ दिनमा ३ दाजु भाइको मृत्यु

दाङ, बैशाख २४ । नेपालगञ्जमा कोरोना संक्रमनबाट तीन दिनमा तीन दाजु भाइको मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ सुनार मन्दी टोलमा बस्ने तीन दाजु भाइको लगातार तीन दिनमा भेरी अस्पतालमा मृत्यु भएको हो ।

कान्छो भाइ ४२ बर्षीय जहिर अहमदको बुधबार बेलुका ७ बजेतिर, ५४ बर्षीय राईलो एजाज अहमतको बिहीबार बेलुका ७ बजेतिर र काँईलो इम्तियाज महमदको शुक्रबार बिहान साये १० बजेतिर मृत्यु भएको नेपालगञ्ज ३ का वडाध्यक्ष महोमद अयुब शिद्धिकीले जानकारी दिए ।

उनीहरु सबै संगै बस्दै आएका थिए । सात दाजु भाइ मध्य तीन दाजु भाइको मृत्यु भएपछि अब चार दाजु भाइ बचेको शिद्धिकीेले बताए ।

वडाध्यक्ष शिद्धिकीका अनुसार मृतक तीन दाजु भाइले नेपालगञ्जमा रंगरोगनको काम गर्दै आएका थिए ।

तीन दाजु भाइको मृत्युले परिवारमा ठूलो बज्रपात परेको वडाध्यक्ष शिद्धिकीले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *