२०८३ असार १ गते सोमवार

बाँकेमा दूई दिनमा ८०१ जनाले कोरोना जिते

दाङ, बैशाख २३ । बाँकेमा बिहीबार एकै दिन ५०८ जनाले कोरोना जितेर घर फर्किएका छन् । २४१ म्हिला र २६७ पुरुष गरि एकै दिन ५०८ जना संक्रमित कोरोना जितेर घर फर्किएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

बुधबार मात्रै बाँकेमा २९३ जनाले कोरोना जितेर घर फर्किएका थिए । कोरोना खोप लगाउन छुटेका बैजनाथ गाउँपालिका वडा नं. ५ का ७६ बर्षीय जेष्ट नागरिकसहित बाँकेका १२३ महिला र १७० पुरुष कोरोना जितेर घर फर्किएका थिए ।

दूई दिनको अवधिमा बाँकेका ८०१ जना कोरोना जितेर घर फर्किएको फोकल पर्सन वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *