२०८१ जेष्ठ १६ गते बुधवार

बाँकेमा थप २ संक्रमितको मृत्यु

दाङ, बैशाख २३ । बिहीवार बाँकेमा थप दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ८ का ३७ बर्षीय पुरुषको बिहीबार बिहान साढे १० बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

जिल्ला फोकल पर्सन तेज वलीका अनुसार उनी बैशाख १७ गते अस्पाल भर्ना भएका थिए ।त्यस्तै मध्यान्ह १२ बजे नेपालगञ्ज उपमानगरपालिका ८ की ५५ बर्षीया महिलाको मृत्यु भएको छ ।नेपालगञ्ज मेडिकलक कलेजमा बैशाख २१ ग्ते पिसिआर परीक्षण पछि उनी २२ गते भर्ना भएककी थिइन । तर, स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा बिहीबार मध्यान्ह १२ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको फोकल पर्सन वलीले बताए ।

यो सहित बाँकेमा बुधबार बेलुकादेखि मध्यान्ह १२ बजेसम्म १३ जनाको मृत्यु भइसकेको छ । बाँकेका थप एक जनाको बिहीबार नै काठमाडौंबाट कोहलपुर ल्याउने क्रममा मृत्यु भएको छ ।
a
थप दूई जनाको मृत्यु भएसंगै बाँके जिल्लाका मात्रै १६० जना र बाहिरी जिल्लाबाट उपचारका बाँके लगिएका थप १२८ जना संक्रमितको मृत्यु भएको फोकल पर्सन वलीले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *