दाङ, बैशाख २३ । दाङकी थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।शान्तिनगर गाउँपालिका वडा नं. ६ का ७५ बर्षीया संक्रमित महिलाको बुधवार राति सवा ९ बजे नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज कोहलपुरमा मृत्यु भएको छ ।
बाँकेका कोरोना फोलक पर्सन तेज वलीका अनुसार उनलाई बैशाख १६ गते संक्रमन पुष्टि भएको थियो । दाङकै अस्पतालमा भर्ना भएर उपचार गराई रहेकी उनी स्वास्थ्य थप जटिल बनेपछि २२ गते कोहलपुरमा भर्ना हुन गएकी थिइन ।
प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार