दाङ, बैशाख २३ । बाँकेमा बुधबार बेलका ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्म थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यो बाहेक थप अर्का एक जनाको बाटोमा मृत्यु भएको छ ।
बाँकेमा उपचाररत ११ जना र काठमाडौंबाट कोहलपुर लैजाँदै गरेका थप एक जना गरि १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्य १० जना बाँके जिल्लाका रहेछका छन् भने थप एक÷एक जना दाङ र जाजरकोटका रहेका छन ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका वडा नं. ६ का ७५ बर्षीया संक्रमित महिलाको बुधवार राति सवा ९ बजे नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज कोहलपुरमा मृत्यु भएको छ ।त्यस्तै जाजरकोट जिल्लाको भेरी नगरपालिका ४३ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा बधुबार राति ९ बजे मृत्यु भएको छ ।
त्यो बाहेक अन्य दश जना मृतक सबै बाँके जिल्लाका हुन । फोकल पर्सन वलीले दिएको जानकारी अनुसार काठमाडौंबाट ल्याउँदै गर्दा कोलहपुर नगरपालिका वडा नं. १ बाँकेका ७३ बर्षीया महिलाको बिहान ५ बजेतिर बाटोमै मृत्यु भएको छ ।
त्यसअघि बाँके नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे, कोहलपुर नगरपालिका ५ का ३४ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बुधबार राति ९ ः४० बजे, नेपालगञ्ज १९ का ७७ बर्षीय पुरुषको भेरी अस्पतालमा बिहान साढे ४ बजे मृत्यु भएको थियो ।
त्यस्तै नेपालगञ्ज १० का ७८ बर्षीय पुरुको बिहान १ ः ४० बजे भेरी अस्पतालमा, नेपालगञ्ज ४ का ५५ बर्षीय पुरुषको भेरी अस्पतालमा बिहान साढे १२ बजे, नेपालगञ्ज १० का २७ बर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार राति १० ः २२ मा मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिएका छन् ।
त्यस्तै बाँकेको नेपालगञ्ज १ का ५८ बर्षीय पुरुषको बुधबार १० बजे राति भेरी अस्पतालमा, नेपालगञ्ज १० की ७८ बर्षीया महिलाको बुधबार बेलुका साढे ७ बजे, नेपालगञ्ज १२ का ४५ बर्षीय पुरुषको बुधवार बेलुका सवा ८ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको फोकल पर्सन वलीले बताएका छन् ।
पछिल्लो यो बिवरण संगै बाँके जिल्लाका मात्रै १५८ जना र उपचारका लागि बाहिरी जिल्लाबाट बाँके लगिएका थप १२८ जना संक्रमितको मृत्यु भइसकेको छ ।