२०८१ जेष्ठ १३ गते आइतवार

बेलझुण्डी अस्पतालमा बुधबार एकै साथ दूई जनाको मृत्यु

तुलसीपुर, बैशाख २२ । कोरोना बिशेष अस्पताल बेलझुण्डीका बुधबार चार जना संक्रमितको मृत्यु भएको छ । बुधबार राति सवा ९ बजे बबई गाउँपालिका वडा नं. ४ का ४० बर्षीय पुरुष र घोराही उपमहानगरपालिका वडा नं. ९ का ६५बर्षीय पुरुषको मृत्यु भएको छ ।

अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीका अनुसार उनीहरुको मृत्यु एकै साथ भएको थियो । 

वलीका अनुसार बबईका पुरुष बैशाख १५ गतेदेखि र घोराहीका पुरुष बैशाख १७ गते उपचाररत थिए । उनीहरुको स्वास्थ्यमा सुधार नआएपछि एकै साथ दूई ब्यक्तिको मृत्यु भएको ब्यबस्थापक वलीले जानकारी दिए । 

यसअघि बुधबार नै घोराहीका थप दूई व्यक्तिको बेलझुण्डी अस्पतालमा मृत्यु भएको थियो भने बाँकेमा थप एकजनाको मृत्यु भएको थियो । 

एकै दिन घोराहीका चार र बबईका एक जना गरि दाङका  पाँच जनाको कोरोनका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *