२०८१ जेष्ठ १५ गते मङ्गलवार

दाङका युवा बैज्ञानिक रोकाले अश्वारको आइसोलेसनमा पाइपलाइनको काम गर्दै


तुलसीपुर, बैशाख २२ । दाङका युवा वैज्ञानिक मार्शल रोकाले भिमसेन शहरी प्रवर्दन केन्द्र अश्वाराको आइसोलेसन सेन्टरमा अक्सिजन पाइपलाइनको व्यवस्था गर्ने भएका छन् ।

२० वटा वेडलाई पुग्नेगरी अक्सिजनको पाइपलाइन बिस्तार गर्न लागेको रोकाले बताए । अक्सिजनको चरम अभाव हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन युवा वैज्ञानिक रोकालाई आइसोलेसन सेन्टरमा बोलाएका थिए ।

नगर प्रमुख पाण्डे र युवा वैज्ञानिक रोकाबीच अक्सिजनको विकल्पमा गर्न सकिने उपाय र खोजिका विषयमा पनि छलफल भएको मेयरका प्रेस सल्लाहाकार ओपेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *