२०८२ बैशाख ७ गते शनिवार

५ दिनदेखि ३ बच्चाको शब अस्पतालमै, बुधबारपनि क्षतिपुर्तिमा कुरा मिलेन


तुलसीपुर , बैशाख २२ । तीन बालकको शव अभिभाबकले बुधवारपनि बुझेनन् । जसले गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवाउँ निबासी किरण परियारका छोरा ६ वर्षीय करण परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियारको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा रहँदै आएको छ ।

बैशाख १८ गते बेलुका तुलसीपुर ६ स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र ती तीन बालक मृत अवस्थामा फेला परेका थिए ।

ती बालकको शव बुझ्ने बारेमा बुधवार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित अभिभावक, तुलसीपुर उमहानगरपाकिलाका मेयर घनश्याम पाण्डे, तुलसीपुर नगरका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित आयोगका केन्द्रीय अध्यक्ष देबराज बिश्वकर्मा, इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख डिएसपी शिबबहादुर सिंहका बीचमा छलफल भएपनि क्षतिपुर्ति उपलब्ध गराउने बारे कुरा नमिल्दा अभिभाबले शव बुझ्न नमानेको प्रहरीले बताएको छ ।

छलफलमा मेयर पाण्डेले तुलसीपुर नगरका तर्फबाट तत्कालका लागि प्रति बालका २५ हजारका दलरे किरिया खर्चका उपलब्ध गराउने र थप क्षतिपुर्तिका लागि प्रदेश तथा संघीय सरकारलाई पत्राचार गर्ने बताएपनि त्यसमा पीडित पक्षले सहमत भएनन् ।

अभिभाबकले तत्कालै र एकैसाथ प्रति बालक बराबर दश लाखका दरले क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने अडान नछाडेपछि कुरा नमिलेको बार्तामा सहभागि एक ब्यक्तिले बताए । त्यसका साथै पीडित पक्षले बालकहरुको हत्या भएको दाबी गर्दै हत्यारालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्नूपर्ने अडान लिएका थिए ।

पोष्ट मार्ट रिपोर्टमा भने बालकको शरिरमा कुनै चोट पटक नलागेको हुँदा कतब्र्य गरि उनीहरुको हत्या भएको देखिन नआएको प्रहरीले बताएको छ । तीन बालकको मृत्युको अन्य कारणको खोजी गर्न भनेर भिसेरा मंगलबार नै काठमाडौं पठाइ सकेको इप्रका तुलसीपुरका डिएसपी सिंहले जानकारी दिए ।

छलफलमा अर्का एक सहभागिले बिप्लव नेतृत्वको नेकपा माओवादीले घटनालाई राजनीतिक करण गर्न खोजेको दोषारोपन गरे । ‘लाशमाथि राजनीति गर्न खोज्नु दुभाग्य हो,’ उनले भने ‘ बिप्लका संगठनहरुले नियमित बिज्ञप्ती प्रकाशित गरी पीडितलाई उत्तेजित गर्ने प्रयास गर्नु दुःखद हो ।’

प्रहरीले यअसघि घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुर र प्राबिधिक झिकाएको थियो । त्यस्तै शवको पोष्ट मार्टम गर्न भनेर बुटवलबाट बिशषेज्ञ डाक्टर झिकाएको थियो ।

यसअघि नै प्रहरीले घटनाको दोस्रो दिन कार धनी तुलसीपुर ६ स्याउली बजार बस्ने ३३ बर्षीय यादवप्रसाद गैरे र सोही वडा बस्ने ५७ बर्षीय चालक पदमबहादुर बस्नेतलाई प्रहरीेल पक्राउ गरि ज्यान मुद्दा चलाएर अनुसन्धान भइरहेको जनाएको छ ।

तर उनीहरुले माघ १ गते आफूहरूले उक्त कार लक गरि पार्किङमा राखेको हुँदा घटनाबारे अनभिज्ञ रहेको बताउँदै आएका छन् । फेरि बिहीवार पीडित पक्षसंग छलफल गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *