
सल्यान, बैशाख २२ ।सल्यानको कपुरकोट गाउँपालिकाले बुधवार हेल्थ डेस्क स्थापना गरेको छ । दाङको प्रबेशद्धार मानिे कपुरकोटमा डेस्क स्थापनास्वास्थ्य जाँच गर्ने र गरी जिल्ला प्रबेश गर्नेहरुको रेकर्ड राख्न सुरु गरिएको छ ।
हेल्थ डेस्कमा गाउँपालिकाले स्वास्थ्यकर्मीको ब्यवस्थापन गरेको छ । नेपाल प्रहरीलेपनि त्यहाँ सघाउने भएको छ ।कपुरकोटका कोरोना फोेकल पर्सन देवेन्द्रकुमार सेनले कपुृरकोट भएर आउने सर्वसाधारणको तापक्रम जाँच गरिे लक्षण, चिन्ह भएकाहरुलाई आइसोलेनमा बस्न सुझाव दिइने बताए ।
कपुरकोटमा ३२ जना संक्रमित
हाल गाउँपालिकामा ११ जना महिला र २१ जना पुरुष गरेर जम्मा ३२ जना सक्रिय संक्रमित रहेको स्वास्थय शाखाले जनाएको छ । जसमध्ये २७ जना होम आइसोलेसन र ५ जना गाउँपालिकाले निर्माण गरेको आइसोलेसननमा बसिरहेका छन् ।
गाउँपालिकाले नेरामावि किमुचौरमा २५ बेड क्षमताको आइसोलेससन स्थापना गरेको छ भने कपुरकोटमै अकिस्जन सहितको ५ बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको छ ।
यसैविच यहाँ विहिबार पिसिआर वििधबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिने भएको छ । वडा नं ५ र ६ का संकास्पद ब्यक्तिहरुको रिम स्वास्थ्य चौकीमा र वडा नं १, २, ३ र ४ का ब्यक्तिहरुको धनवाङ स्वास्थय चौकी कपुरकोटमा स्वाब संकलन गरिने स्वास्थ्य शाखाका सि. अहेव सुवाश हमालले बताए ।
