२०८१ चैत्र १३ गते बुधवार

घोराहीका दूई संक्रमितको मृत्यु

तुलसीपुर, बैशाख २२ । बुधवार घोराहीका थप दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका वडा नं. १५ की ७० बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोलक पर्सन तेज वलीका अनुसार ती महिलाको मृत्यु बिहान १० बजे भएको हो ।उनलाई बैशाख २० गते पिसिआर परीक्षणका क्रममा संक्रमन पुष्टि भएको थियो । त्यस्तै दाङको तुलसीपुरस्थित कोरोना बिशेष अस्पतात बेलझुण्डीमा घोराही १५ का ६५ बर्षीय पुरुषको मृत्यु भएको छ ।

अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीका अनुसार उनको मृत्यु उपचारका क्रममा बुधबार बिहान ९ : १५ बजे भएको हो । उनी बैशाख १७ गतेदेखि अस्पतालमा उपचाररत थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *