बैशाख २२। आज बुधबार दिनभर सामान्यदेखि पूर्ण बदली रहने छ भने केही स्थानमा मेघगर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।
सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रहने छ भने गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी राति पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। केही स्थानमा वर्षाको सम्भावना पनि रहेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार