२०८३ असार २ गते मङ्गलवार

कसैलाई रगत अभाव भए तुलसीपुर जेसिजलाई फोन गर्नुहोस – अध्यक्ष भट्टराई


तुलसीपुर, बैशाख २१ । तुलसीपुर नगर जेसिजले रक्तदान अभियान सुरु गरेको छ।कोरोना महामारीको अहिलेको विषमपरिस्थिलाई मध्यनजर गर्दै अस्पतालमा रगत अभाव हुन नपावस भन्ने उदेश्यका साथ रक्रदान अभियान सुरु गरिएको तुलसीपुर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई (नारायण)ले जानकारी दिए ।

मंगलवार जेसिजका पदाधिकारी प्रादेशिक अस्पताल तुल्सिपुर पुगेर नेपाल रेडक्रसको समन्वयमा ८ जनाले रक्तदान गरेका हुन ।अध्यक्षले भट्टराईले यदी कुनैपनि बिरामीलाई रगतको अभाव हुनासाथ फोन सम्पर्क गरे तुरुन्तै जेसिजले आवश्यक रगत दानगर्ने ब्यबस्था मिलाउने बताए ।

‘हामीले तुलसीपुरस्थित रक्तसञ्चार केन्द्रमा हाम्रा सबै साथीहरुको ब्लडग्रुप र फोन नम्बर समेत छोडेका छौं,’ उनले भने ‘ जस्लाई जतिबेला आवश्यक पर्छ हामी त्यति नै बेला उपस्थित भएर रगत दान गर्ने छौं।’

मंगलबारको रक्तदान कार्यक्रम अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको थियो भने रक्तदान गर्नेहरुलाई कार्यक्रमका संयोजक जेसिजका उपाध्यक्ष शिव न्यौपानेले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *