२०८१ जेष्ठ १६ गते बुधवार

बेलझुण्डी अस्पतालमा अक्सिजन सिलिण्डर आपुर्ती बारे छलफल

गोग्ली प्लान्ट सञ्चालन गर्न बिद्युतलाई आग्रह गर्ने निर्णय


तुलसीपुर,बैशाख २० । अस्पतालमा आवश्यक अक्सिजनको अभाव कसरी हुन नदिने भन्ने बारेमा सोमबार बेलझुण्डीमा छलफल भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा भएको छलफलमा दाङमा दैनिक एक हजार अक्सिजन सिलिण्डर आवश्यक रहेको सरोकारवालाहरुले बताएका थिए ।

एक हजार मध्य अपुग साढे चार सय सिलिण्डर जुटाउन जिम्मा तुलसीपुरका नगर प्रमुख घनश्याम पाण्डे र प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेललाई जिम्मेवारी दिइएको छ । प्रमुख जिल्ला अधिकारीले उद्योग, कलकारखाना, क्रसरमा रहेका सिलिण्डरको लगत संकलन गरि ती उपलब्ध गराउन पत्राचार गर्ने र नगर प्रमुख पाण्डेले प्रदेश र संघमा पहल गर्ने निर्णय भएको छ ।

बैठकले गोग्लीमा रहेको अक्सिजन प्लान्टमा २४सै घन्टा रिफिलिङका लागि विद्युतको व्यवस्था मिलाउन विद्युत प्राधिकरणलाई पत्राचार गर्ने निर्णयपनि गरेको छ । गोग्लीको प्लान्ट सञ्चालनमा ल्याउन सके त्यसले दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने सक्ने प्रजिअ पौडेलले फरककोणलाई बताएका थिए । तर, त्यो उद्योग बिद्युत आपुर्तिमा भएको कठिनाइका कारण हाल बन्द अवस्थामा रहेको छ ।

बैठकले बेलझुण्डीमा अस्पतालमा उपचाररत बिरामीको अबस्था बुझ्न आफन्तले १२ बजेदेखि २ बजेसम्म अस्पतालमा गएर बुझनुपर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले जिल्लामा कोरोना संक्रमित गम्भीर प्रकृतिका विरामीलाई बेलझुण्डी अस्पतालमा लैजानका लागि सम्वन्धित पालिकाका कोरोना फोकल पर्सनले लिखित रुपमा सिफारिस गर्नुपर्ने व्यवस्था गर्नुपर्ने निर्णय पनि गरेको छ ।

बैठकले दाङ जिल्ला उद्योग बाणिज्य संघले अस्पताललाई ५० वटा अक्सिजन उपलब्ध गराएको भन्दै बैठकले धन्यावाद ज्ञापन समेत गरेको छ । बैठकमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेनडेण्ट विनोद सिंह, दाङका प्रहरी प्रमुख गणेस चन्द, तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वली, १७ का वडाध्यक्ष थलराज पुरी लगाएतको सहभागिता रहेको थियो । राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठक सहजिकरण कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *