दाङ, बैशाख २० । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३७ जनाको मृत्यु भएको छ । यो रेकर्ड हालसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षण गर्दा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जनामा संक्रमन पुष्टि भएको हो ।
सोमबार काठमाडौंमा मात्रै २ हजार ९ सय २२ जना र अन्य स्थानमा ३ हजार ६ सय ६६ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार सम्म नेपालमा कूल सङ्क्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोमबार सम्म मुकलुभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ जना पुगेका छन् ।
त्यस्तै बितेको २४ घण्टामा २ हजार २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो संगै नेपालमा हालसम्म दुई लाख ८६ हजार १५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
३७ जनाको मृत्यु
बितको २४ घण्टामा देशभर ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या अहिलेसम्कै बढी हो। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ।