काठमाडौं,वैशाख १८ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८ सय ९३ पुगेको छ।
१४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३८२ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार
