दाङ, बैशाख १८ । दाङका दूई जनासहित बाँकेमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका वडा नं. १ का ६० बर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ४५ बर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।
दंगिशरणका पुरुषको शनिवार बिहान ४ बजे र तुलसीपुरका पुरुषको शुक्रवार बेलुका ५ बजेतिर नेपलागञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
तुलसीपुरका पुरुषको पिसिआर रिपोर्ट आएकै दिन मृत्यु भएको थियो भने दंगिशरणका पुरुषको बैशाख ११ गते परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
बाँकेमा उपचारका लागि लगिएका बाहिरी जिल्लाका संक्रमित मध्य ११७ जनाको हालसमम मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार
