२०८१ चैत्र ९ गते शनिवार

अश्वारमा ४० बेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालनको तयारी तीब्र

तुलसीपुर, बैशाख १८ । तुलसीपुरको भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (मेट्रो हस्पिटल) अश्वारमा आइतबादेखि ४० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा आउने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा स्थित मेट्रो हस्पिटलमा त्यही उदेश्यका साथ तीब्र गतिमा काम भइरहेको तुलसीपुरका मेयर घनश्याम पाण्डेले जानकारी दिएका छन् ।

अक्सिजनको अभावमा कोरोना संक्रमितको ज्यान जोखिममा पर्ने भएकाले बिरामीको उपचार प्रभाबकारी बनाउन अक्सिजन सहितको आइसोलसन सेन्टर बनाउन थालिएको पाण्डेले बताए ।

अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाउने काम अन्तिम चरणमा पुगेको तुलसीपुर स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले बताए ।

विद्युत, धारा जडान, वाइरीङ, डाक्टर तथा नर्सका लागि आवास, चेन्जिङ रुम र शौचालयको निर्माण कार्य पुरा भइसकेको बताए । उनले शनिबार र आइतबारसम्म अक्सिजन र बेडको व्यवस्था गरिसक्ने न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *