२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरकी एक संक्रमितको बाटोमै मृत्यु

तुलसीपुर, बैशाख १७ । दाङमा शुक्रवार एक संक्रमितको बाटोमै मृत्यु भएको छ । तुलसीपुर १२ की ७० बर्षीया संक्रमित महिलाको उपचारका लागि बेलझुण्डी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

बेलझुण्डी कोरोना बिशेष अस्पतालका व्यवस्थापक द्रोर्ण वलीका अनुसार ती महिलाको दुई दिनदेखि घोराहीस्थित बुद्ध हस्पिटलमा उपचार भइरहेको थियो ।

तर, शुक्रवार कोरोना पोजेटिभ भएपटि उक्त हस्पिटलले डिस्चार्ज गरेको हुँदा बेलझुण्डी ल्याउने क्रममा बाटोमै मृत्यु भएको वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *