२०८१ जेष्ठ १७ गते बिहिवार

लकडाउन अनुगमन गर्न सिडियो तुलसीपुरमा


तुलसीपुर,बैशाख १७ । लकडाउनको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलसहितको टोली तुलसीपुर आएको छ ।लकडाउनको पहिलो दिन शुक्रबार प्रजिअ पौडेल सहितको सुरक्षाकर्मीहरुको टोलि तुलसीपुरमा आएर लकडाउन कार्यान्वयनको अवस्थाको अनुगमन गरि फर्किएको हो ।

तुलसीपुरको लकडाउन अघिल्लो लकडाउन भन्दा निकै प्रभावकारी देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले जानकारी दिए । ‘ अहिले पहिले भन्दा सर्वसाधारण धेरै सजग भएको पाइयो,’ डिएसपी सिंहले भने ‘ कोहीपनि अत्याबश्यक काम नपरी सडकमा आएको देखिएन, पसल ब्यापार पनि पुरै बन्द भएको छ ।’

जिल्ला प्रहरी प्रबक्ता मुकुन्द्रप्रशाद रिजालले पनि आफु घोराही–लमही–भालुवाङ लगाएको राजमार्गको निरिक्षणमा निस्किएको र लकडाउन निकै प्रभावकारी देखिएको फरककोणलाई बताए ।‘अत्यावश्यक सवारी साधन बाहेक कुनैपनि सवारी साधन चलेका छैनन्,’ उनले डिएसपी रिजालले भने ‘ यो पटक कोरोना नियन्त्रण र रोकथामका लागि सर्वसाधारण नागरिकले समेत साथ दिएको देखिन्छ ।’

प्रजिअ पौडेलले अत्यावश्यक काम नपरी सबैलाई घर भित्रै बस्न अनुरोध गरेका छन् । उनले कुनै समस्या भए नजिकको प्रहरी वा आफुलाई तत्काल खबर गर्न आग्रहपनि गरेका छन् ।

त्यस्तै पौडेल नेतृत्वको सुरक्षाअधिकारीहरुको टोलीले जिल्लाका बिभिन्न अस्पताल र बिरामीहरुको अबस्था समेत बुझेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *