२०८१ जेष्ठ १३ गते आइतवार

पछिल्लो २४ घण्टामा ५,७२७ जनामा कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौं,वैशाख १७ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *