२०७८ साउन २० गते बुधवार

कोरोना संक्रमित पूर्व रानी कोमल शाह आइसियूमा

काठमाडौं, बैशाख १६ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियूमा राखेर उपचार भइहरेको छ । राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी शाहको श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि आइसियूमा भर्ना गरिएको थियो ।

पूर्व रानी शाहलाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परिरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न डाक्टर जेपी जैसवालले कोरोना संक्रमित पूर्व राजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको जानकारी दिए ।

वैशाख ७ गते पूर्वराजा रानीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। पूर्व राजा ज्ञानेन्द्रको पनि नर्भिक अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *